बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक बिल भर्पाइमा कुरा नमिलेपछि मेयरले कुटे आफ्नै कर्मचारी !

शुक्रबार, ०४ साउन २०७५, १७ : ४६
शुक्रबार, ०४ साउन २०७५

रामभरोसी यादव
सिरहा– सिरहाको कर्जनहा नगरपालिकाका मेयर गंगा पासवानले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिवी गाडीको भ्याट विलविनानै भुक्तानीको लागि कागजपत्र तयार पार्न नमानेका कारण नगरपालिकाका जिन्सि शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादवमाथि बिहिवार बेलुका कुटपिट भएको हो । 

केही दिनअघि काठमाडौंबाट विक्रेता कम्पनीले पठाइदिएको जेसिवी मेसीनको भुक्तानीको विल भर्पाई मिलाउन मेयर गंगा पासवानले दबाब दिएपछि आफूले भ्याट विलविना यसको काजगपत्र मिलाउन नसकिने अडान यादवले राखेका थिए । सो अडानकै कारण आफुमाथि कुटपिट भएको यादवको आरोप छ ।  

‘सामान आइसकेको छ, डिलरले भ्याट विल पठाईहाल्छ, भ्याटबिल आएपछि निकासाको लागि प्रकृया अगाडि बढाउँला भन्दाभन्दै मेयरसावले निकासाको लागि दवाव दिएपछि विवाद बढ्यो र आक्रमण गरिहाले’ यादव भने– ‘प्रशासकीय प्रमुख रमेश दास र मेयर पासवानसँगै आएर केही हुँदैन, मिलाउनुस् भनेर दवाव दिए, मैले नमानेपछि मेयरले हातपात गर्न थालिहाल्नुभयो, मैले पनि प्रतिरोध गरें ।’ 

यादव आफू न्यायको लागि अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा आएको समेत जानकारी दिए । उनले आफूले प्रमुख जिल्ला अधिकारीसामु आफ्नो मौखिक दुखेको राखेको बताए ।   सिराहा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कर्मचारीले आफूमाथि कुटपिट गरेको सूचना प्राप्त भएको बताए ।

उनले आफूले ती कर्मचारीलाई कार्यालयमा भेट्न आउन बोलाएको र उनी आएपछि नै सवै कुरा थाहा हुने स्पष्ट पारे । यता, जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले मौखिक जानकारी गराएको भन्दै यस विषयमा राम्रोसँग बुझ्न नपाएको बताए । घटनाबारे बुझे पछिमात्र के गर्ने भन्ने विषमा छलफल गरिने पनि बताए ।  त्यस्तै यस विषयमा मेयर गंगा पासवानसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप