यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
बिहीबार, ०६ वैशाख २०८१, २० : ५६
काठमाडौँ । यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको भबादी गाउँपालिका–२ स्थित जुगेलपानी घर भएका जोन तामाङ छन् ।
टोखा बस्दै आएका २६ वर्षीय आरोपीलाई बानियाँटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । चैत २४ मा थापाथली क्याम्पस अगाडीबाट इनड्राइभ गरेर नर्भिक हस्पिटल तर्फ जाँदा चालकले अर्को बाटो लैजान खोजेपछि विवाद भएको थियो ।
विवाद भएपछि यात्रुले मोटरसाइकलको चाबी निकालेर प्रहरीलाई खबर गर्छु भनेपछि उनीहरूबिच चाबी खोसाखोस भएको थियो । चाबी खोस्ने क्रममा केशव घिमिरे घाइते भएका हुन् । आफ्नो दायाँ हातको ३ वटा औँला भाँचिएको घिमिरेले दाबी गरेका छन् । वैशाख ५ मा आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण