बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक पक्राउ

बिहीबार, ०६ वैशाख २०८१, २० : ५६
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको भबादी गाउँपालिका–२ स्थित जुगेलपानी घर भएका जोन तामाङ छन् । 

टोखा बस्दै आएका २६ वर्षीय आरोपीलाई बानियाँटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । चैत २४ मा थापाथली क्याम्पस अगाडीबाट इनड्राइभ गरेर नर्भिक हस्पिटल तर्फ जाँदा चालकले अर्को बाटो लैजान खोजेपछि विवाद भएको थियो । 

विवाद भएपछि यात्रुले मोटरसाइकलको चाबी निकालेर प्रहरीलाई खबर गर्छु भनेपछि उनीहरूबिच चाबी खोसाखोस भएको थियो । चाबी खोस्ने क्रममा केशव घिमिरे घाइते भएका हुन् । आफ्नो दायाँ हातको ३ वटा औँला भाँचिएको घिमिरेले दाबी गरेका छन् । वैशाख ५ मा आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप