बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला

बिहीबार, ०६ वैशाख २०८१, १९ : ११
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा एक किलो भन्दा बढी सुन फेला परेको छ । 

बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बिहीबार रातोपाटीलाई जानकारी दिए । उनका अनुसार बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको छ । 

विमानको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सो सुन फेला परेको शर्माको भनाइ छ । 

वे नम्बर ५ मा पार्किङ भएको  जहाजको सिटमा विमानकै कर्मचारीहरूले सुन फेला पारेको बताइएको छ । प्रहरीका अनुसार सिक्री थान ३, सुनको बिस्कुट थान–६ त्रिभुज आकारको सुन जस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु थान–२ र सिक्री जोड्ने ससाना रिङ थान–२ फेला परिएको हो । 

विमानस्थल हुँदै पटक पटक सुन तस्करी हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप