शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘रोजी’मा ४ अवतारमा प्रदिप

मङ्गलबार, २९ साउन २०७५, १८ : ४६
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं– एक कलाकारले एक चलचित्र एक वा दुई लुक्समा अभिनय गर्ने गरेका छन् । तर २२ भदौबाट प्रदर्शनमा आउने चलचित्र रोजीमा प्रदिपको चार लुक देख्न सकिन्छ ।

क्राइम थ्रिलर ड्रामामा निर्माण भएको यो चलचित्रको प्रदिपको लुक अहिले बाहिरिएको छ । बाहिरिएको तस्बिरले प्रदीपको मुड, मनस्थिति र मनोदशाका समेत बर्णन गरेको छ । उनलाई सोझा युवक, विद्यार्थी, नोस्टाल्जिक र अपराधी लुकमा चलचित्र देख्न मिल्नेछ । 

‘एकसाथ चार चरित्र मेरा लागि अवसर र चुनौती दुबै हो’ प्रदिपले भने ‘ प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश ।’

निरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव बिषय बनाएको छ । चलचित्रमा प्रदीपको अलवा मिरुना मगर र परमिता राणाको समेत अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप