वाई वाई ग्लोकल टिन हिरो इंडिया लन्च
काठमाडौं– ग्लोकल प्राइभेट लिमिटेडद्वारा ग्लोकल टिन हिरो इंडियाको शुभारंभ गरेको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकलको एक प्रारम्भिक कार्यक्रम हो ।
मन्च मार्फत किशोर–किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर–किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पुरी, सीजीका भाईस प्रेसिडेन्ट जीपी शाह लगायत पूर्व निर्णायक मण्डलका सदस्यहरु, केआरसी फाउनडेसन र भारतीय राजदुताबासको प्रतिनिधिहरुको उपस्थिती थियो ।
ग्लोकल टिन हिरो इंडियाको आवेदन १५ जनवरी २०१९ मा खुल्नेछ र २ अप्रिल २०१९ मा बन्द हुनेछ । यसको मुख्य कार्यक्रम २० अप्रिल २०१९ मा भारतको गुहाटीमा हुनेछ ।
दक्षिण एशियाली किशोर किशोरीको पहिचान गर्ने पहिलो कार्यक्रम, दक्षिण एशियाली ग्लोकल टिन हिरो २०२० काठमाडौँमा आयोजना गर्ने उद्देश्यले ग्लोकल प्रत्यक दक्षिण एशियाली राष्ट्रहरुमा ग्लोकल टिन हिरो आयोजना गर्दै अघि बढिरहेको छ र यसको शुरुवात भारतबाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु