अख्तियारको त्यो स्टिरकलाई गिज्याउँदै खुलेआम घुस !
भक्तपुर । जिल्ला प्रशानसन कार्यालय भक्तपुरको भित्ताभित्ता एउटा स्टिकर टाँसिएको छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस/रिसवत मागेमा १०७ फोन गर्नुहोला’ ।
सो स्टिकर नापी, भूमिसुधार, मालपोत, यातायात कार्यालय सबैतिर छ । तर त्यही स्टिरकलाई गिज्याउँदै सरकारी कर्मचारीले विभिन्न बहानामा घुुस माग्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
यतिसम्मकी सरकारी कार्यालयमा जडान भएका सीसीटीभीले दृश्य कैद गर्ने भएपछि कर्मचारीहरुले होटल र शौचालयमा गएरसमेत घुसको मोल मोलाई गर्ने गरेको सेवाग्राही बताउँछन् ।
विहिवार दिउँसो जिल्ला प्रशासन भक्तपुरमा कार्यरत एक अधिकृत कैलाश मताछेँ श्रेष्ठ नजिकै रहेको होटलबाट सेवाग्राहीसंग घुस लिएको रकम सहित अख्तियारद्वारा पक्राउ गरे ।
‘करिब ८ वर्ष गृहमन्त्रलाय बसेका उनी हेर्दा जति सालिन देखिन्छन्, तर व्यवहार भने पैसा भनेपछि मरिहत्ते गर्ने थियो’ जिल्ला प्रशासनकै एक कर्मचारीले भने । नागरिता, पासपोर्ट शाखाको जिम्मेवारी भएकाले उनले जिल्ला प्रशासनमा परेको लेनदेनको विवाद मिलाई दिने बाचा गरेका थिए ।
तर उनीविरुद्ध परेको उजुरीको आधारमा अख्तियारले उनलाई घुससहित नियन्त्रणमा लिएको हो । २५ हजार घुस लिएर होटलको शौचालय छिरेका श्रेष्ठलाई त्यहीँबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठ नेकपानिकट निजामती कर्मचारी संगठनको गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्षसमेत थिए ।
संविधान दिवसमा जनसेवाश्री
२०७५ असोज २ गते मनाइएको संविधान दिवसमा गृह मन्त्रालयमा कार्यरत उनै श्रेष्ठले प्रवल जनसेवाश्री चतुर्थ पदक राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट लिएका थिए । त्यसपछि उनी २०७५ कात्तिक १४ गते जिल्ला प्रशासन कार्यालयमा हाजिर भए ।
उनलाई हिरासतमा राखी थप छानबिन भइरहेको अख्तियारको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि