आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता प्रहरी नियन्त्रणमा

सोमबार, २५ चैत २०७५, १५ : ०४
सोमबार, २५ चैत २०७५

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा  लगायत रहनुभएको  पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।

दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप