दोस्रो पटक प्रतिनिधि सभा बैठक स्थगित, साढे ४ बजे बस्ने
आइतबार, ०६ जेठ २०८१, १६ : ०२
काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर दलहरूबिच सहमतिको प्रयास जारी रहेका कारण फेरि स्थगित गरेर अपराह्न साढे ४ बजेको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
यसैबिच अहिले सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूसँग छलफल गरिरहेका छन् ।
सहकारी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच सहमति जुट्न सकेको छैन । उनीहरूबिच सिंहदरबारमा दोस्रो चरणमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण