इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार
तेल अभिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) ज्याक सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गर्न लागेका छन् । अमेरिकाले गाजामा फेरि युद्धविराम गराउन प्रयास गरिरहेको छ ।
यसकै लागि हालै इजिप्टमा शान्ति वार्ता भएको थियो । तर कुनै नतिजा आउनु अगावै सो वार्ता टुट्यो । इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहसहित गाजामा व्यापक सैन्य कारबाही गरिरहेकै बेलामा ज्याक सुलिभान इजरायल आइपुगेका हुन् ।
मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति भएको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको दाबी एक प्यालेस्टिनी चिकित्सा स्रोतले गरेको छ । गाजाको दक्षिणी क्षेत्रमा जारी लडाइँमा शनिबार आफ्ना दुई सैनिकको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको इजरायली सेनाले बताएको छ । रफाहमा भएको आक्रमणका कारण अमेरिकाले इजरायल पठाइने हतियारको खेप पनि रोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण