इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार

तेल अभिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) ज्याक सुलिभानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गर्न लागेका छन् । अमेरिकाले गाजामा फेरि युद्धविराम गराउन प्रयास गरिरहेको छ ।
यसकै लागि हालै इजिप्टमा शान्ति वार्ता भएको थियो । तर कुनै नतिजा आउनु अगावै सो वार्ता टुट्यो । इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहसहित गाजामा व्यापक सैन्य कारबाही गरिरहेकै बेलामा ज्याक सुलिभान इजरायल आइपुगेका हुन् ।
मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति भएको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको दाबी एक प्यालेस्टिनी चिकित्सा स्रोतले गरेको छ । गाजाको दक्षिणी क्षेत्रमा जारी लडाइँमा शनिबार आफ्ना दुई सैनिकको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको इजरायली सेनाले बताएको छ । रफाहमा भएको आक्रमणका कारण अमेरिकाले इजरायल पठाइने हतियारको खेप पनि रोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा