शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा पनि लाग्यो चीन विरोधी नारा (तस्बिरसहित)

मङ्गलबार, २६ चैत २०७५, २१ : ०२
मङ्गलबार, २६ चैत २०७५

काठमाडौं । केही दिनदेखि तराई मधेशमा चीन विरोधी नारा लागिरहेको छ । चैत २४ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा ‘चिनियाँ गो ब्याक’को नारा लागेको थियो भने आज राजविराजमा पनि नारा लागेको छ । 

चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना सञ्चालन गर्न लागेको भन्दै राजविराजमा प्रदर्शन भएको छ । 

त्यहाँका स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना सञ्चालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेको युवा नेता किशोर यादवले बताए । 

प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै ल्याइए आफूहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो ।  

राजविराजको शिव मन्दिरबाट निकालिएको ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगि कोणसभाको आयोजना गरिएको थियो । 

कोणसभामा बोल्दै स्थानीय किसानका नेता विशेश्वर दास, युवा नेता दिनेश कुमार शर्मा, सोनु दास, विद्यार्थी नेता महेश कुमार यादव, नागरिक समाजका अगुवा इन्द्रदेव यादव, श्रवण कुमार दास, नरेश कुमार यादवलगायतले यो कार्य रोक्न केन्द्रीय र प्रदेश सरकारसँग आग्रह गर्दै नरोकिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप