एउटै सडकमा दुुई निकायको लगानी, आर्थिक अनियमितताको आशंका
रौतहटको पश्चिमीभेग फतुुआ विजयपुर नगरपालिकास्थित एउटै सडकमा दुुई निकायको लगानी भइरहेको पाईएको छ ।
संघीय सडकमा स्थानीय तहको लगानी देखेर सडक निर्माणको नाममा आर्थिक अनियमितता हुने स्थानीयहरुले आशंका गरेका छन् ।
मौलापुर नगरपालिका–१ मर्यादपुरदेखि फतुुआ विजयपुुर २ सितलपुर हुँदै मेवासम्म जाने बाटो निर्माणमा संघीय लगानी र फतुुआ विजयपुर नगरपालिकाको लाखौंको लगानी भइरहेको पाइएको हो ।
क्षेत्र ३ का संघीय सांसद पुुर्वमन्त्री प्रभुु साहको पहलमा भइरहेको विकास निर्माणको कामको आइतवार क्षेत्रको अनुुगमनको क्रममा उक्त बाटो निर्माणमा शहरी विकास मन्त्रालय र फतुुआ विजयपुरको दोहरो लगानी भइरहेको सघन शहरी तथा भवन निर्माण डिभिजन वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडाले बताए ।
प्रमुख खतिवडाका अनुसार उक्त बाटो निर्माणको लागि शहरी विकास मन्त्रालयबाट साढे दुुई महिनाअघि एक करोडको टेण्डर आव्हान गर्दा ८५ लाखमा आरके निर्माण सेवाले साकार गरी निर्माण प्रक्रिया बढाएको थियो ।
हाल फतुुआ विजयपुरका मेयर गोपाल यादवले पुुन त्यसै बाटो निर्माणको लागि नगरपालिकाबाट ८५ लाखको लागतमा उपभोक्तामार्फत काम गराउन थालेको सघन शहरी भवन निर्माण आयोजना प्रमुख खतिवडाले जानकारी गराए ।
एउटै सडक निर्माणमा दोहरो लगानीबारे मेयर यादवलाई त्यसो नगर्न आफूले मोबाईल फोनमार्फत जानकारी गराइसकेको उनको भनाई छ ।
अनुुगमनमा रहेका रौतहटका सिडिओ किरण थापाले सडक निर्माणमा दोहरो लगानी नगर्न मेयर यादवलाई लिखित पत्र पठाउन शहरी विकास कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडालाई निर्देशन दिएका छन् ।
जानी–जानी त्यस्तो गरेको ठहर भएमा गलत मनसाय बोकेका जनप्रतिनिधी पनि कानुुनी कारवाहीको दायरामा आउने सिडिओ थापाले चेतावनी दिए ।
दोहरो लगानीबारे प्रतिक्रिया लिन खोज्दा मेयर गोपाल यादवको मोबाईल फोन स्विच अफ छ ।
नगरपालिकाकी कार्यकारी अधिकृत रञ्जना साहलाई सोध्दा उक्त सडक निर्माण गर्न आरके निर्माण सेवाका रामकृत साहले शहरी विकासमार्फत ठेक्का लिसकेको जानकारी दिइन् ।
पछि कार्यपालिका बैठकमा आफूले उक्त प्रस्ताव ल्याउँदा मेयर यादवले कतैबाट टेण्डर नभएको बताएको जानकारी गराइन् ।
लिखित रुपमा टेण्डरबारे पत्र आएमा बाटो निर्माणमा दोहरो लगानी रोक्का गर्ने कार्यकारी अधिकृत साहले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि