साग खेलकुद प्रतियोगिताको अनुमानित बजेट ५ अर्ब, २६ करोड
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ५ अर्ब २६ करोड ५७ लाख ४६ हजार बजेट लाग्ने अनुमान गरिएको छ । १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता मूल समारोह समिति अन्तर्गतको बजेट निर्माण कार्यदलले आईतबार सो प्रतियोगिताका लागि ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट लाग्ने अनुमानित खाका प्रस्तुत गरेको हो ।
कार्यदलका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाले खेलकुद क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुसँगको छलफल पछि सो प्रतियोगिताका लागि लाग्ने अनुमानित बजेटको खाका तयार पारिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सो प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिइएको बताए । उनले सो प्रतियोगितामा भाग लिने राष्ट्रहरुलाई निमन्त्रणा पठाउने काम पनि सुरु गरिएको बताए ।
आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म सो प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । सरकारले यस अघि नै सो प्रतियोगिताको लोगो र मस्कट तयार पारी सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि