१ सय ४१ वर्षपछि हुलाक सेवा विभागको आफ्नै भवन बन्ने
बुधबार, १५ असोज २०७६, १६ : ५७
काठमाडौं– सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ । १ सय ४१ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यसवर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो ।
हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुने गरी यस वर्षबाट बनाउने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै उनले कामको चाप हेरेर सरकारले कार्यालयहरुको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री बास्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण