सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय
अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन, सवारी आवागमन प्रभावित (तस्बिरहरू)
प्रदर्शन

अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन, सवारी आवागमन प्रभावित (तस्बिरहरू)

बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । सरकारले गरेका सहमतिहरूको पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीको भृकुटीमण्डप  नजिकै मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । करिब दुई घण्टादेखि जारी प्रदर्शनले भृकुटीमण्डप आसपासको सडक अस्तव्यस्त बनेको छ । 

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा सामुदायिक सहायता सेवाको व्यवस्था छ । सामुदायिक सहायता सेवा २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने सरकारसँग सहमति भएको थियो । 

कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन दुई हप्ताभित्र तयार गरी पेस गरी कार्यान्वयनमा लैजाने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् । 

apanga pradason (1)apanga pradason (2)apanga pradason (3)apanga pradason (4)apanga pradason (5)apanga pradason (6)apanga pradason (7)apanga pradason (8)apanga pradason (9)apanga pradason (10)apanga pradason (11)apanga pradason (12)apanga pradason (13)apanga pradason (14)apanga pradason (15)apanga pradason (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया