सिम्रिकले अहिलेसम्मकै उत्कृष्ट ‘बेल ५०५ जेट रेन्जर एक्स’का २ वटा हेलिकप्टर भित्र्याउँदै
काठमाडौं । सिम्रिक एयरलाइन्सले अहिलेसम्मकै उत्कृष्ट हेलिकप्टर बेल ५०५ जेट रेन्जर एक्स नेपाल भित्र्याउने भएको छ । अमेरिकन हेलिकप्टर कम्पनी बेल जेक्ट्रानको उत्कृष्ट उत्पादन बेल ५०५ को दुईवटा हेलिकम्पटर कम्पनी नेपाल ल्याउन लागेको हो ।
बेल ५०५ जेट रेन्जर एक्सका दुईवटा हेलिकप्टर आउँदो जनवरीको अन्तसम्ममा नेपाल ल्याइसकिने कम्पनीका महाप्रवन्धक प्रेमकुमार थापाले रातोपाटीलाई जानकारी दिए । भिजिट नेपाल २०२० र हिमाल आरोहीको रेक्युस्युका लागि प्रयोग गर्ने गरी दुईवटा हेलिकप्ट ल्याउन लागेको उनको भनाई छ ।
‘नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर हामीले नयाँ थप दुईवटा हेलिकप्टर ल्याउँदै छौं । जसमा एउटा हेलिकप्टर भ्रमण वर्षको पर्यटक बोक्न र अर्को समस्यामा परेकाको उद्धार( रेक्युस्य)मा प्रयोग हुनेछ ।’ प्रवक्ता थापाले भने, ‘यो अहिले सम्मकै उत्कृष्ट डिजिटल ककपिट सहितको हेलिकप्टर हो ।’
त्यसो त बेल जेक्ट्रानको बेल ५०५ हेलिकप्टर पहिलो पटक नेपाल भित्र्याउन लागिएको हो । सो हेलिकप्टर हाई अल्टिच्युउटमा समेत उडानका लागि उत्कृष्ट र बहुप्रविधिमैत्री रहेको मानिएको छ । बेल ५०५ मा चार यात्रुसहित एक पाइलट गरी कूल ५ जनाको सिट क्षमता रहेको छ ।
सिम्रिकले गतवर्ष नै बेल ५०५ को परीक्षण गरिसकेको थियो । परीक्षणपश्चात सो हेलिकप्टर पाइलट, इन्जिनियरिङ्ग र लागतका हिसाबले समेत उत्कृष्ट साबित भएसँगै खरिद प्रक्रिया अघि बढाएको हो । सिम्रिकले कम्पनीसँग दुईवटा हेलिकप्टर बुकिङ्ग गरिसकेको छ ।
एउटा हेलिकप्टरको मूल्य १६ करोड रुपैयाँ रहेकोमा कम्पनीले दुई वटाका लागि कूल ३२ करोड खर्च गर्दैछ । हाल कम्पनीसँग ५ वटा हेलिकप्टर रहेको छ भने बेल जेक्ट्रानका थप दुईवटा हेलिकप्टर थपिएसँगै हेलिकप्टरको संख्या ७ पुग्नेछ । हाल सिम्रिकले आफ्ना हेलिकप्टरहरु चार्टरमा प्रयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्ताैला
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
-
दिक्तेल–खानीडाँडा–आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु
-
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
-
सामाजिक सञ्जाल : वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधन
-
फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने