माथिल्लो भोटेकोशी परीक्षण प्रसारण शुरु
सिन्धुपाल्चोक । पटकपटकको प्राकृतिक प्रकोपबाट झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि परीक्षण प्रसारण गरिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युत्गृह रहेको आयोजनाबाट परीक्षण प्रसारण गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।
हाल दुवै युनिट सञ्चालनमा ल्याइए पनि नदीमा पानीको बहाव कम भएका कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत स्थापितले बताए ।
उक्त आयोजनाको पुनःनिर्माणका लागि दुई वर्षअघि रु सात अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ११ सँग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगेपछि चार महिनासम्म बन्द भएको थियो र मर्मतपछि पुनःसञ्चालनमा आएलगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पनले क्षति पु¥याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारी पछि विसं २०७४ मा पुनःनिर्माणको काम शुरु भएको हो ।
गत असार तेस्रो साता चाकुखोलामा आएको बाढीले पनि आयोजनाको प्रसारण लाइनको पाँच वटा टावरलाई क्षति पु¥याएको थियो । भूकम्प र बाढीले तीन किलोमिटर सुरुङ र विद्युत्गृहबाहेक सबैलाई क्षति पु¥याएपछि सम्पूर्ण संरचनालाई नयाँरूपमा जडान गर्नुपरेको आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति विवरण बुझाउनेको सङ्ख्या र अनुपात दुवै वृद्धि
-
सङ्घीयताका सवालमा प्रदेशसभा र दलहरू गम्भीर हुन जरुरी छ : पौडेल
-
सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै
-
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयो : बालेन शाह
-
एसियन लाइफको हकप्रद शेयर निष्कासन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
-
नेपालको वित्तीय सङ्घीयता मध्यम गतिमा सुधार