एसियन लाइफको हकप्रद शेयर निष्कासन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्कासनका लागि लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
कम्पनीको १६ औँ वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।
हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।
नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पुँजी रु.५ अर्ब पु¥याउन दिएको निर्देशन बमोजिम कम्पनीले शेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पुँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर वितरण पछि यस कम्पनीको चुक्ता पुँजी रु.४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण