रहेनन् कलाकार उज्वल केसी
आइतबार, ३० वैशाख २०८१, २० : १४

काठमाडौँ । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
कलाकार संघका सदस्यसमेत रहेका केसीको बेल्जियममै निधन भएको हो । केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिनेछ ।
केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका अलवा टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनयगरेका छन् । केसीको निर्देशनमा थुप्रै म्युजिक भिडियो समेत बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीएमडब्लूको इलेक्ट्रिक कार नेपाली बजारमा, मूल्य कति ?
-
अघिल्लो सरकारले अघि सारेका कार्यक्रम वर्तमान सरकार हटायो : प्रचण्ड
-
उपत्यकामा बढ्दै गर्मी (तस्बिरहरू)
-
भिजिट भिसा प्रकरण : छानबिन समिति बनाउन कांग्रेस तयार नभएपछि रास्वपासँगको छलफल निष्कर्षविहीन
-
यी हुन् त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटाइएका ८ उपसचिव (सूचीसहित)
-
मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु