प्रदेश सरकारलाई अधिकार प्राप्त भएन : शर्मा
काठमाडौँ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकार नामाकरण गरिए पनि अधिकार भने प्राप्त हुन नसकेको टिप्पणी गरेका छन् । सोमबार बागमती प्रदेशसभाको चौंथो अधिवेशन बैठकमा शुभकामना व्यक्त गर्दै नेता खनालले सो टिप्पणी गरेका हुन् ।
‘प्रदेश सरकार नामाकरण गरिएको छ । तर, प्रशासनिक अधिकार छैन । प्रदेश सचिव र प्रहरी हाम्रो हातमा छैन । निर्देशित सहितको नियन्त्रित संघीयता कार्यान्वयनमा छौँ । हिजो पञ्चायत व्यवस्था नियन्त्रित भयो भनेर आन्दोलन गरियो । तर, अहिले निर्देशित सहितको नियन्त्रित अवस्थामा हामी पुगेका छौ । अब हाम्रो भूमिका के हुने ?’ उनले भने ।
निर्देशित सहितको नियन्त्रित संघीयताको विरुद्धमा प्रदेश सरकारले प्रदेशसचिव नियुक्त गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । देश एकपछि अर्को राजनीतिक संकटमा अलमलिएका कारण आर्थिक विकास र समृद्धिको कार्यक्रममा सुस्तता आएको उनले बताए । राजनीतिक संकटका कारण अन्य विषयले गति लिन नसक्ने उनको भनाइ छ ।
‘अहिलेको राजनीतिक संकटको मुल जड भनेको निर्णचन प्रणली हो । सविधानमा रहेको निर्वाचन प्रणाली बदल्न हाम्रो भूमिका के हुने ? प्रदेशसभाको यो अधिवेशनमा सो विषयमा छलफल गर्नुपर्छ’ उनले भने ।
उनका अनुसार लोकतन्त्र समानता र न्यायको सिद्धान्त सरकारको काममा कमी रहेको छ । पूर्ण राजनीतिक अधिकार सहितको पारदर्शी संरचना, आर्थिक विकास, सामाजिक समानता र पर्यावरणीय दिगो विकासमा ध्यान दिनुपर्ने उनले बताए ।
व्यक्तिगत लाभका लागि सार्वजनिक सम्पतिको दुरुपयोग बढ्दो क्रममा रहेको उनले बताए । जनताले चहना नगरेका भ्रष्टाचार सम्बन्धी विषय देशभर सुनिँदै आएकाले नेता खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण