युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल
बेइजिङ । युट्युब च्यानलमा भ्युज बटुल्न मान्छेहरू अनेक हत्कन्डा अपनाउँछन् । चीनमा एक जना पुरुष युट्युबमा भ्युज बढाउने उपायका कारण जेल पुगेका छन् ।
वाङ्ग नाम गरेका ती पुरुष युट्युबका लागि भिडियो बनाउँथे । लाइभ स्ट्रिमिङ भिडियोमा भ्युज बढाउन उनले खास उपाय निकालेका थिए । यसका लागि ती पुरुषले ४ हजार ६०० वटा फोन प्रयोग गर्थे । भ्युजबाटै उनले केही महिनामै साढे ५ करोड नेपाली रुपैयाँभन्दा बढी कमाए ।
साउथ चाइना मर्निङ्ग पोष्टका अनुसार वाङ्गको यो क्रियाकलापलाई गैरकानूनी ठहर गरिएको छ । उनलाई १५ महिनाको सजाय सुनाइएको भने ७ हजार अमेरिकी डलर (९ लाख ३७ हजार नेपाली रुपैयाँ) जरिवाना जरिवाना पनि तिराइएको छ । सञ्चार माध्यमहरुमा छापिएका समाचारका अनुसार वाङ्ले सन् २०२२ को अन्त्यतिर युट्युबमा भिडियो हाल्ने धन्दा सुरु गरेका थिए ।
भ्युज र लाइक बढाउन उनले अनौठो उपाय निकाले । यसका लागि ४ हजार ६०० थान फोन किने । यी फोन कन्ट्रोल गर्न विशेष क्लाउट सफ्टवेयरको प्रयोग गर्न थाले । यसका लागि उनले एउटा भीपीएन सर्भिस र नेटवर्क पनि किने । उनले केही क्लिककै भरमा लाइभ स्ट्रिमिङ भिडियोमा भ्युज ह्वात्तै बढाउने सेट अप बनाए । यसरी उनले चार महिनाकै अन्तरालमा ५ करोड ५५ लाख ७२ हजार नेपाली रुपैयाँभन्दा धेरै कमाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण