गठबन्धनबारे सोचेर मात्र बोल्न माधव नेपालको निर्देशन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबारे जथाभावी नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले हालको राजनीतिक अवस्था र गठबन्धनबारे जथाभाबी नबोल्न भन्दै बोल्दा ध्यान पुर्याउन नेताहरूलाई निर्देशन दिएका हुन् ।
‘अहिलेको राजनीतिक अवस्था यता र उता भइरहेको छ । हामी पनि सत्ता गठबन्धनमै छौँ’, बैठकमा अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य दिलु पन्तले रातोपाटीसँग भनिन्, ‘जथाभाबी बोल्दा राम्रो सन्देश जाँदैन, त्यसैले हामीले सोचविचार गरेर मात्र बोल्नुपर्छ ।’
बैठकमा पार्टीको १० औँ महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज (राजनीतिक, साङ्गठनिक, विधान र समाजवादी कार्यक्रम) माथि पोलिटब्युरो सदस्यहरूले विचार राख्ने क्रम जारी छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चार बजेसम्म पदाधिकारी र स्थायी कमिटी सदस्यबाहेक २० जना पोलिटब्युरो सदस्यले प्रतिवेदनहरूमाथि आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकी सदस्यहरूले धारणा राखेपछि पोलिटब्युरो बैठक आजै सक्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण