खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्यो: मन्त्री विश्वकर्मा
काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै उहाँले खेलकुदको क्षेत्रमा गरेको प्रगतिबाट नेपाललाई विश्वले चिन्ने समय आउन लागेको बताए ।
‘विभिन्न शक्तिसम्पन्न राष्ट्रहरुले खेललाई पेशा, व्यवसाय र उद्योगका रुपमा विकास गरेका छन्’, उनले भने, ‘खेलकुदका लागि नेपाल हरेक हिसाबले अनुकूल छ, हावापानी र प्रकृतिले उत्तिकै साथ दिएको छ ।’
उनले खेलकुदको क्षेत्रमा लागेर कसैले पनि पछुतो मान्न पर्ने अवस्था नरहने बताए । ‘खेल र खेलाडीलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ’, उनले भने, ‘खेलकुदप्रति खेलाडीको आकर्षण पनि निकै बढेर गएको छ ।’
मन्त्री विश्कर्माले १३ औँ दक्षिण एशियाली (साग) प्रतियोगिताले नेपालको इज्जत र प्रतिष्ठामा उल्लेख्य वृद्धि भएको बताए । ‘खेलाडीलाई सरकारका तर्फबाट आवश्यक प्रोत्साहन र हौसलाका कारण सागमा जीत हासिल गर्न सकिएको हो’, उनले भने, ‘५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन ।’ उनले सरकार खेलाडीलाई आवश्यक पर्ने जुनसूकै पूर्वाधार विकास गर्न पछि नहट्ने विश्वास दिलाए ।
अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको विश्वसँग भिड्न सक्ने एकमात्र माध्यम खेलकुद भएको बताए । ‘हामी बम बारुदमा अरूसँग लड्न सक्दैनौँ’, उनले भने, ‘खेलकुदमा जीत हासिल गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिरलाई उच्च पार्न सक्छौँ ।’
उनले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखे । कार्यक्रममा क्याम्पसप्रमुख डा.निर्मला सुवाल, अनेरास्ववियुका नेता आरसी लामिछाने, सुदेश पराजुली, नेत्री आरती लामा, स्ववियु सभापति टपेन्द्र शाही, सचिव नारायण शर्मा लगायतले आरआर क्याम्पसले नेपालको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए ।
सप्ताहव्यापीकार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ कार्यक्रमको आयोजना गरिएको स्ववियुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले छानबिन समिति होइन, गृहमन्त्रीको राजीनामा मागेको हो : रमेश प्रसाईं
-
राजीनामा पछि महन्थ भेट्न पुगे उपेन्द्र, के भयो कुराकानी ?
-
ललितपुर मेयर महिला क्रिकेट : एपीएफ क्लबको लगातार दोस्रो जित
-
विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान
-
२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक
-
टिकटक बन्द गरेको असर र प्रभाव