बैंगलुरुको लगातार पाँचौँ जित
बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो ।
बैंगलुरुले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४० रनमा अलआउट हुन पुग्यो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९ बलमा सर्वाधिक ५७ रनको योगदान दिए ।
त्यस्तै, साई होपले २९ रन तथा जेक फ्रेजर म्याकगर्कले ८ बलमा २१ रन बनाए । रसिख सलामले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बैंगलुरुका लागि यश दयालले ३ विकेट तथा लोकी फर्गुसनले २ विकेट लिए । स्वपनील सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एक–एक विकेट हात पारे ।
यसअघि, पहिलो ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । टोलीका लागि रजत पटिदारले ३२ बलमा ५२ रनको योगदान दिए ।

त्यसैगरी विल ज्याक्सले २९ बलमा ४१ रन हिर्काए । क्यामरुन ग्रिनले नटआउट रहँदै ३२ रन तथा विराट कोहलीले २७ रन बनाए । दिल्लीका लागि खलिल अहमद र रसिक सलामले २–२ विकेट लिए । इशान्त शर्मा, मुकेश कुमार र कुल्दीप यादवले १–१ विकेट हात पारे ।
१३ खेलपछि बैंगलुरु १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । दिल्ली समान अङ्कसहित छैटौँ स्थानमा छ । दिल्लीभन्दा बैंगलुरुको नेट रनरेट राम्रो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण