जलारीमार्फत फेवातालको जलकुम्भी निकाल्दै पोखरा महानगर
पोखरा । बर्खा लागेपछि फेवाताल जलकुम्भीले ढाकिन्छ । बिस्तारै वर्षा सुरु भएको छ । तालमा जलकुम्भी देखिन थालेका छन् । हरेक वर्ष पर्यटकको चिन्ता बर्खामा ताल हेर्न नपाउने हो । यो वर्ष पोखरा महानगरपालिकाले सुरुदेखि नै जलकुम्भी हटाउन जलारी समुदायका नागरिकहरूलाई जागिर दिएको छ । माथिल्लो तटीय क्षेत्रमा जलकुम्भी हटाउन ४० जनालाई रोजगारी दिइएको नगरपालिकाले जनाएको छ ।
सोमबारदेखि नै दैनिक ज्यालादारीमा उनीहरूलाई काममा लगाउन लागिएको हो । ‘तालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जनालाई खटाउन लागेका छौँ,’ महानगर प्रमुख धनराज आचार्यले भने, ‘यसपछि तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिनेछ ।’ यो वर्ष जलकुम्भीको स्रोतमा नै व्यवस्थापन गर्न लागिएको उनको भनाई छ ।
आइतबार महानगरले नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालेको छ । पहिलो दिन १५ टिपर जलकुम्भी निकालिएको छ । नागरिक अगुवा रामबहादुर पौडेल शक्तिकेन्द्रको प्रभावले ताल संरक्षण जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘फेवातालको भविष्यप्रति हामी निकै चिन्तित छौँ,’ उनले भने, ‘शक्ति केन्द्रहरूको प्रभावका कारण संरक्षण झनै चुनौतीपूर्ण बन्दै गएको छ ।’
ताल सफाइमा सुरक्षा निकाय, अभियन्ता र स्थानीय नागरिकहरूको सहभागिता थियो । योसँगै महानगरले एक जलारी घर एक रोजगारी कार्यक्रम सुरु गरेको छ । उनीहरुले २ सातासम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण