कोशी प्रदेश सरकारलाई एकीकृत समाजवादीले विश्वासको मत दिने
विराटनगर । केन्द्रीय सता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । केन्द्रीय नेताहरूको निर्देशनपछि नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई विश्वासको मत दिन तयार भएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी छ ।११ बजेका लागि संसद् बैठक बोलाए पनि कांग्रेस संसदीय दलको बैठक नबस्दा बैठक सर्ने संसद सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता भएको नेकपा एसका नेताहरूले बताएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले समेत नेता राजेन्द्र राईलाई विश्वासको मत दिन आग्रह गरेका थिए । काठमाडौँमा रहेका एकीकृत समाजवादीका सांसदहरू विराटनगर आउने तयारीमा रहेको नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका ४ सांसद छन् ।
‘म बाहेकका माननीय ज्युहरूले विश्वासको मत दिनुहुन्छ,’ नेता राईले भने, ‘एक जना माननीय ज्यु विराटनगर पुग्नुभएको छ । अन्य एक जना पनि जाने तयारीमा हुनुहुन्छ मेरो केन्द्रमा बैठक भएका कारण जान पाइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण