कोशी प्रदेश सरकारलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

विराटनगर । केन्द्रीय सता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ । केन्द्रीय नेताहरूको निर्देशनपछि नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई विश्वासको मत दिन तयार भएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी छ ।११ बजेका लागि संसद् बैठक बोलाए पनि कांग्रेस संसदीय दलको बैठक नबस्दा बैठक सर्ने संसद सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिलाउने प्रतिबद्धता भएको नेकपा एसका नेताहरूले बताएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले समेत नेता राजेन्द्र राईलाई विश्वासको मत दिन आग्रह गरेका थिए । काठमाडौँमा रहेका एकीकृत समाजवादीका सांसदहरू विराटनगर आउने तयारीमा रहेको नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका ४ सांसद छन् ।
‘म बाहेकका माननीय ज्युहरूले विश्वासको मत दिनुहुन्छ,’ नेता राईले भने, ‘एक जना माननीय ज्यु विराटनगर पुग्नुभएको छ । अन्य एक जना पनि जाने तयारीमा हुनुहुन्छ मेरो केन्द्रमा बैठक भएका कारण जान पाइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?