जेठ १० सम्म सबै एकता समायोजन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ १० गतेसम्म प्रदेशमा एकता समायोजन सम्पन्न गर्ने निर्णय गरेको छ ।
वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मसालबिच पार्टी एकता भएपछि केन्द्रीय कार्यालय कुपोण्डलमा तीन दिनसम्म कार्यालय बैठक बसेको थियो । बैठकले समायोजनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीसहित नेकपा बहुमत र मसालबाट दुई दुई जना रहने गरी ६ सदस्यीय कार्यदल गठन गरेको थियो ।
आइतबार बसेको उक्त कार्यदलको बैठकले समायोजनको खाका बनाएर कार्यसम्पादन मण्डललाई जिम्मा दिएको थियो । कार्यसम्पादन मण्डलले सबै प्रदेशमा एकता समायोजन टुङ्ग्याउने निर्णय गरेको सहसंयोजक धर्मेन्द्र बास्तोलाले जानकारी दिए । तर, महाधिवेशनको मिति भने अर्को बैठकले निर्णय गर्ने उनले बताए ।
‘महाधिवेशनको निर्क्योल भएको छैन । यसबारे अर्को बैठकले निर्णय गर्छ । एकताबारे सम्प्रेषण दिने, संगठन तलसम्म समायोजन गर्ने निर्णय भएको छ’, रातोपाटीसँग बास्तोलाले भने ।
एकता प्रक्रियामा जोडिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीले मोहन वैद्य किरणको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको थियो । जसमा धर्मेन्द्र बास्तोला र सन्तबहादुर नेपाली सहसंयोजक रहेका छन् । यस्तै पाँच जनाको कार्यसम्पादन मण्डल, २५ जनाको कार्यालय, ८० जनाको सचिवालय, र ३१९ जनाको आयोजक समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण