ललितपुरको टहरामा आगलागी : घाइते महिलाको पनि मृत्यु
सोमबार, ३१ वैशाख २०८१, ०९ : ३९
काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको मृत्यु भएको छ । किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएकी गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीले यसअघि ज्यान गुमाएका हुन् । रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका रुपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण