मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी

वीरगन्ज । मधेस प्रदेशमा ४ दल मिलेर सरकार बनाउने भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ समीकरण अनुसार ४ दल सरकार गठन गर्ने सहमत भएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार निर्माणका लागि दलहरूले छलफल थालेका हुन् ।
माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले मधेसमा कुन–कुन दल मिलेर सरकार बनाउने भन्नेबारे आन्तरिक सहमति भइसकेको बताए । माओवादी, एमाले, जनमत र लोसपा गरी ४ दल मिलेर मधेसमा सरकार गठन हुने उनले बताए । उनले मुख्यमन्त्री को हुने भन्नेमा सहमति भने भइनसकेको बताए । उनले भने ,‘सरकारमा सहभागी हुने दलहरू क्लियर छन् । तर मुख्यमन्त्रीमा अझ सहमति हुन बाँकी छ । त्यो पनि चाँडै टुंगो लगाएर आफ्नो बहुमतसहितको दाबी पेस गर्छांै ।’
सांसद भट्टराई ले मुख्यमन्त्रीमा सहमति जुटाएर कानुन बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।
प्रदेश सभामा माओवादी केन्द्रका ९, एमालेका २४, जनमतका १३ र लोसपाका ८ जना सांसद छन् । जुन सरकार गठनका लागि बहुमत पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते
-
वडाध्यक्षले कर्मचारी कुटेपछि पोखराका कर्मचारीको पेन डाउन
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !