मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
वीरगन्ज । मधेस प्रदेशमा ४ दल मिलेर सरकार बनाउने भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ समीकरण अनुसार ४ दल सरकार गठन गर्ने सहमत भएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार निर्माणका लागि दलहरूले छलफल थालेका हुन् ।
माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले मधेसमा कुन–कुन दल मिलेर सरकार बनाउने भन्नेबारे आन्तरिक सहमति भइसकेको बताए । माओवादी, एमाले, जनमत र लोसपा गरी ४ दल मिलेर मधेसमा सरकार गठन हुने उनले बताए । उनले मुख्यमन्त्री को हुने भन्नेमा सहमति भने भइनसकेको बताए । उनले भने ,‘सरकारमा सहभागी हुने दलहरू क्लियर छन् । तर मुख्यमन्त्रीमा अझ सहमति हुन बाँकी छ । त्यो पनि चाँडै टुंगो लगाएर आफ्नो बहुमतसहितको दाबी पेस गर्छांै ।’
सांसद भट्टराई ले मुख्यमन्त्रीमा सहमति जुटाएर कानुन बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।
प्रदेश सभामा माओवादी केन्द्रका ९, एमालेका २४, जनमतका १३ र लोसपाका ८ जना सांसद छन् । जुन सरकार गठनका लागि बहुमत पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण