शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक बज्राचार्यसँग नेपाल लिकर्सको साँगीतिक सहकार्य

मङ्गलबार, २० फागुन २०७६, १६ : १२
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं– नेपाल लिक्वर्स प्राइभेट लिमिटेड तथा गायक दीपक बज्राचार्य बीच साँगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । दुई पक्षीय सम्झौता कार्यक्रम कम्पनीका आधिकारिक व्यक्ति तथा पत्रकारहरुको उपस्थितिमा भएको हो ।

विगत लामो समय देखि गायक दीपक बज्राचार्यसँग नेपाल लिक्वर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको थियो । भन्डै तीन दशक नेपाली सँगीतमा योगदान दिएका गायक दीपक बज्राचार्यको नेपाली पप सँगीतमा विशिष्ट पहिचान रहेको छ । 

नेपाल लिक्वर्सले नेपाली कला, संगीत संस्कृतीको प्रवर्धनलाई सदैव पहिलो प्राथमिकता दिँदै आइरहेको बताएको छ । कम्पनीको स्थापना कालदेखि नै बिभिन्न साँगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिक्वर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो । ‘प्यासन’ नै संगीतको उर्जा रहेकोे नेपाल लिकर्सको मान्यता रहेको छ । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप नेपाल लिक्वर्सले गायक दीपक बज्राचार्यसँग सहकार्य गरेको हो ।

नेपाल लिक्वर्सका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेशवीर सिंह तुलाधरले दीपक बज्राचार्यसँगको सहकार्यले उत्साहित भएको बताए । उनले नेपाली सँगीतमा योगदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै यस सहकार्यले नेपाली सँगीतको विकास तथा प्रबर्धनमा प्रेरणामूलक तथा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तुलाधरले भने, “नेपाली गीत संगीत हाम्रो पहिचान हो । नेपाल लिकर्स नेपाली गीत संगीतको प्रर्वद्धन सँधै सचेत रहेको छ र यसै क्रममा आजबाट हामीले नेपाली संगीतका चम्किला हस्ती दिपक बज्राचार्यसँग सहकार्य प्रारम्भ गरेका छौँ । गुणस्तरको मामलामा बर्षौदेखि नेपालीहरुमाझ लोकप्रिय रहेको नेपाल लिकर्स, दिपक बज्राचार्यसँगको यो सहकार्यले गर्दा उत्साहित भएका छौ । यस सहकार्यले नयाँ पुस्ताका कलाकारलाई समेत प्रोत्सहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु । आगामी दिनमा पनि हामी नेपाली गीत संगीत र कलाकारहरुको उत्थानका निम्ति सदा सरिक हुनेछौँ ।’

नेपाल लिकर्स नेपालमा एन्टीकुइटी ब्लु व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रेएर व्हिस्की, रोएल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्स व्हिस्की, ब्लु रिब्यान्ड जिनको उत्पादन गर्दै आइरहेको छ । उत्कृष्ट कच्चा पदार्थ तथा उच्चस्तरीय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्ट्याण्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप