छात्रामाथि गोली प्रहार भएको पुष्टि, युवकविरुद्ध दिएकी थिइन् उजुरी
काठमाडौँ । झापाको दमक नगरपालिमा कक्षा १२ को जाँच दिएर फर्केकी छात्रा एनिका अधिकारी गजमेरलाई गोली प्रहार भएको पुष्टि भएको छ । मेडिकल जाँचबाट गोली लागेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्ण चन्दले रातोपाटीलाई बताए । उनले भने,‘छात्रामाथि गोली प्रहार भएको चिकित्सकरुले पुष्टि गर्नुभएको छ ।’
शुक्रबार दमक नगरपालिका वडा नम्बर–५ स्थित ज्येष्ठ नागरिक भवन अगाडि हतियार पड्किएको जस्तो आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थाला नेतृत्वको टोलीले छात्रालाई उद्धार गरेर लाइफलाइन अस्पतालमा पठाएका हुन् । गजमेरको पेटमा गोली लागेको छ ।
उदयपुरको लिङचिङबुङ गाउँपालिका वडा नम्बर–३ घर भएकी उनी हाल दमक नगरपालिका–५ मा बस्छिन् । १८ वर्षीया एनिकाले २०७९ मा एकजना युवकविरुद्ध उजुरी दिएका भेटिएको छ । सिराहा घर भएका अमितकुमार यादवविरुद्ध २०७९ मा उनले उदयपुर प्रहरीमा उजुरी दिएकी हुन् । दुर्व्यवहार विरुद्ध उजुरी दिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अनुसन्धान अधिकृतहरूले त्यसबारे उदयपुर प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरिरहेका छन् । अमित त्यसबेला उदयपुरमा शिक्षक थिए । घटनामा अमितका संलग्नताको आकलन गरिएको छ ।
आफूलाई मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरेको छात्राले प्रहरीलाई बताएकी छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेकी छन्,‘मलाई डर देखाए, उनीहरूलाई म चिन्दिनँ ।’
अपरिचितले प्रहार गरेको गोलीको खोका कपडामा टाँसिएको अवस्थामा भेटिएको छ । सो खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइने झापाका एसपी मिलन केसीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण