डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले जङ्गलमा भइरहेको डढेलो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेका छन् । शुक्रबार राष्ट्रियसभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले राखेको बैठकमा बोल्दै गृहसचिव एकनारायण अर्यालले गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद् बैठकमा सो प्रस्ताव राखेको जानकारी दिए ।
उनले भने– ‘विकसित देशमा जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न हेलिकप्टर प्रयोग हुने गरेकोले मन्त्रीज्यूले क्याबिनेटमा यसबारे प्रस्ताव गर्नुभएको छ । साथै आगलागी पीडितलाई सरकारले दिने राहत रकम थोरै भएकोले त्यसलाई बढाउनका लागि पनि प्रस्ताव गर्नुभएको छ ।’
समिति बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले कुनै कामका लागि चार वटा रुख काट्नुपर्यो भने ठुलो झन्झट रहेको अवस्थामा डढेलोले जङ्गल सखाप पारेकोले सरकारलाई आवश्यक निर्देशन दिन उनले समितिलाई आग्रह गरे ।
समितिले निर्देशन दिएमा सरकारलाई काम गर्न सहज हुने उनले बताए । उनले आगलागी लगायतका विपत्तिमा परेका नागरिकलाई दिइने राहत रकम थोरै भएकोले त्यसलाई वृद्धि गर्न गृहकार्य अघि बढाएको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण