आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अध्यक्षद्वारा दुःख व्यक्त

आइतबार, ३२ जेठ २०७७, १५ : ०७
आइतबार, ३२ जेठ २०७७

कास्की । राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लामा अविरल वर्षासँगै कुश्मा नगरपालिका–३ दुर्लुङ ढकलबारीमा शनिबार राति आएको पहिरोले पुरिँदा जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज विज्ञप्ति जारी गरी घटनामा ज्यान गुमाउनेप्रति  श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

पहिरोमा परिवार गुमाउने तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना तथा जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सरकार तथा सम्बद्ध अधिकारीलाई अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप