अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काबुल । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताएका छन् ।
फरयाब प्रान्तका अर्का अधिकारीले सोही दिन दिउँसो १८ जनाको मृत्यु भएको बताए ।
“यससँगै अफगानिस्तानमा बाढीमा परी पछिल्ला दुई दिनमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ,” मोहम्मदीले बताए ।
प्रान्तको बेलचाराग, चेहलगाजी र कारघान जिल्लामा भएको प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिए ।
यसैबिच घोर प्रान्तमा शुक्रबार र शनिबार आएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ५५ पुगेको घोर प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले आइतबार बताए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी