‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
काठमाडौँ । मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याएका छन् ।
जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरियो । मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिइन् ।
पुस्तक सार्वजनिक गर्दै उनले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गरिन् । “नेपालमा धेरै सुन्दर स्थान छन्”, उनले भनिन्, “तर मलाई मुस्ताङको सौन्दर्यले बढी आकर्षित गर्यो ।” पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उनको भनाइ छ ।
बज्र बुक्सका प्रमुख विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राखे । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य रु १२ हजार तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण