बारामा १२ लाख नक्कली नेपाली नोटसहित २ जना पक्राउ
बारा – बारास्थित प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।
भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट एकहजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला पारेको जनाएको छ ।
उनीहरुको साथमा रहेकोे पहेलो रंगको झोला भित्र रातो प्लाष्टिकमा नोट लुकाई छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता मिश्राले बताएका छन ।
चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले प्रयोग गरेका बा.६४ प ९७०६ नं.को मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त नोट मोबाइल खरिदकर्ताहरुलाई दिई ३० थान मोबाइल लिई फरार भएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् ।
पक्राउ दुबैजनालाई जिल्ला नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको तथा नक्कली नोट दिएर मोबाइल खरीदगरी फरारभएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर प्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज
-
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर