यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण