हृदयाघात हुँदा दिएको साथ सम्झँदै श्रेयस गरे अक्षयको तारिफ
मुम्बई । श्रेयस तलपडेले आफू अस्पतालमा भर्ना हुँदा उद्योगका तीन जना सम्पर्कमा रहेको बताए । श्रेयसले अक्षय कुमार, रोहित शेट्टी र निर्देशक अहमद खानले आफ्नो परिवारका सदस्यलाई निरन्तर सम्पर्क गरिरहेको बताए । श्रेयसले यहाँ मुख्यतया अक्षयको उल्लेख गरेका छन् ।
श्रेयसका अनुसार अक्षय कुमार सधैँ स्क्रिन स्पेसको मामिलामा परफेक्ट हुन चाहन्छन् । अक्षय पर्दामा सधैँ उत्कृष्ट देखिन चाहन्छन्। ‘उनी सेटमा धेरै प्रोफेसनल रहन्छन् । यद्यपि, जब मित्रताको कुरा आउँछ, उनीसँग कुनै प्रतिस्पर्धा छैन,’ उनी भन्छन्, ‘उनी सधैँ आफ्ना साथीहरूलाई खुसी राख्ने प्रयास गर्छन्।’
१४ डिसेम्बर, २०२३ मा श्रेयसलाई अचानक हृदयाघात भयो। त्यति बेला उनी फिल्म ‘वेलकम टु द जङ्गल’को सुटिङ गरिरहेका थिए ।
श्रेयसले सिद्धार्थ कननसँग कुरा गर्दै भने, ‘जब म आफ्नो रोगसँग लडिरहेको थिएँ, रोहित (रोहित शेट्टी)ले सधैँ मेरी श्रीमती दीप्तिलाई फोन गर्थे । उनी सधैँ मेरो स्वास्थ्य र आवश्यकताहरूको बारेमा सोधिरहन्थे । यी सबै चीजहरू हुन् जसको कारण सम्बन्धहरू बन्छन्। यसबाहेक अक्षय कुमार र अहमद खान पनि दैनिक फोन गर्थे। दुवै जना पनि मलाई भेट्न अस्पताल आए ।’
श्रेयसले अक्षयको बारेमा थप भने, 'यदि हामी पर्दामा प्रतिस्पर्धाको कुरा गर्छौँ भने अक्षय भाइ सधैँ अगाडि छन्। तर स्क्रिनबाट बाहिर भएपछि उनी निकै राम्रो साथी हुन् । उनी सधैँ आफ्ना साथीहरूलाई खुसी राख्ने प्रयास गर्छन्।’
हृदयाघातपछि उनको तत्काल एन्जियोप्लास्टी गरियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण