ललितपुर । आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलिमा नवनागलाई आसन बनाए ।
_QLoO8EfwML.jpg)
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
_PVMsAe0wLB.jpg)
काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ ।
_9p7XFriEwz.jpg)
करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा वरदेवले बनाउने चलन चलाएका थिए । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।
_5K2ncrvxE1.jpg)
_15gKInjVpx.jpg)
_T7rPYR6F4O.jpg)
_eP9vnk2yxY.jpg)
_DHcYosaIud.jpg)
_6yeoDw1ZGE.jpg)
_WMOfGWUbvl.jpg)
_QWZ2LeKLak.jpg)
_oVKgwY3fmv.jpg)
_iOH5O5r3so.jpg)
_AmNLQ5cYdd.jpg)
_q8f5ALC1P4.jpg)
_1OLqzB0SJ5.jpg)
_H0wBppC7TG.jpg)
_GXTQB31jC9.jpg)
_hYYWT8SzMP.jpg)
_T8yiw0zzeq.jpg)
_0rVQD5CfDz.jpg)
_UaCPok5Ukf.jpg)
_POixh3TPsh.jpg)
_AoHJFLP99U.jpg)
_Cih7z15B9A.jpg)
_8Eu6oWnPcJ.jpg)
_G6vqNdhNPN.jpg)
_f8WHqLrWcd.jpg)
_E6QrO60iMk.jpg)
_gNGdz2e3EM.jpg)
_h9IAK0mwwZ.jpg)
_2OfR4bcR5z.jpg)
_Fnzvx3I25l.jpg)
_CcaZTwbKFN.jpg)
प्रतिक्रिया