शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

बिहीबार, ११ मङ्सिर २०७७, ०६ : ३९
बिहीबार, ११ मङ्सिर २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको छ । 

पछिल्लो २४ घन्टामा मात्र बेलायतमा ६९६ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । 

दोस्रो लहर शुरु भएयता यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । हिजो मंगलबार ६०७ जनाको मृत्यु भएको थियो । यससँगै बेलायात्मा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ हजार ५ सय ३३ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।

यसैगरी स्वास्स्थ्य विभागले दिएको जानकारी अनुसार २४ घन्टामा थप १८ हजार २१३ जना नयां संक्रमित थपिएका छन् । बेलायतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ५७ हजार नाघेको छ ।

 कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमण नियन्त्रणका लागि आगामी डिसेम्बर २ सम्म  इंग्ल्याण्डमा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । उक्त लकडाउनलाइ अन्त गर्दै डिसेम्बर २ बाट सरकारले तीन तहको लकडाउन नीति घोषणा गरेको छ । 

क्रिसमसको समयमा जनजीवन थप सहज गराउने उद्देश्यले हाल बन्द रहेका अत्यावश्यकबाहेकका पसलहरु पनि खोल्ने तयारी भैसकेको छ । क्रिसमसको समयमा पांच दिनको लागि बढीमा तीन परिवारबीच खुल्ला रुपमा भेटघाट गर्न पाउने नियमको पनि सरकारले घोषणा गरिसकेको छ । सरकारको यो घोषणाले बेलायतमा कोरोना संक्रमणको तेस्रो लहर आउने संभावना रहेको विज्ञहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप