बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म ‘प्रेमगञ्ज’ बन्ने

सोमबार, ०३ फागुन २०७७, १३ : ४९
सोमबार, ०३ फागुन २०७७

काठमाडौँ । फिल्म ‘प्रेमगञ्ज’ निर्माण हुने भएको छ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममा स्पट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयालले ‘प्रेमगञ्ज’ निर्माण गर्न लागेका हुन् । प्रेमकथामा आधारित रहेर निर्माण हुन लागेको फिल्म परिच्छेद सेनले निर्देशन गर्न लागेका हुन् । थुप्रै सर्ट फिल्महरुको निर्देशन गरिसकेका सेनले यसअघि फिल्म ‘म’ निर्देशन गरेका थिए ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको हो ।  आफुले फिल्म क्षेत्रमा लामो समय विताएकोले यसै क्षेत्रमा केही गर्ने सोच अनुरुप फिल्म निर्माण गर्न लागेको निर्माता राजुले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप