शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका अञ्जु पन्तले गरिन् विवाह

बुधबार, १२ फागुन २०७७, २१ : १५
बुधबार, १२ फागुन २०७७

गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।
विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । 
अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । 

केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने  मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।
अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको बुझिएको छ । आफूहरूबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थितिमा विवाह गरेको थिरको भनाइ छ ।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप