माओवादीमा कारवाही, एमालेमा जिम्मेवारी
शुक्रबार, १० वैशाख २०७८, १८ : २१
काठमाडौं । राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्कालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेकै दिन एमालेले जिम्मेवारी दिएको छ । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादीले शुक्रबारमात्रै संसद सचिवालयमा दर्ता गरेको थियो । राष्ट्रियसभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा दर्ता गरेको केही बेरमै ओली नेतृत्वको एमालेले खड्कालाई जिम्मेवारी दिएको हो ।
एमालेले खड्कालाई नेकपा एमाले अर्घाखाँचीको जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । शुक्रबार एमालेले २६५ जना नेता कार्यकर्ताको जिम्मेवारी बाँडफाँड गरेको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
-
उच्च अदालत अगाडि सुरक्षा व्यवस्था कडा, भिडभाड गर्न रोक
-
राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर
-
दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम
-
नीति तथा कार्यक्रममा सुदूरपश्चिम : मेगा फुड पार्कदेखि पुराना ६ आयोजनाको निरन्तरतासम्म
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय