काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । फैसलाको तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
_3LNGLO0vl6.jpg)
अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा अहिले मुद्दा सुनुवाइ जारी छ ।
_wMSWNFZeAP.jpg)
मंगलबार अदालत परिसरबाहिर मुद्दाको फैसला सुन्नका लागि ठुलो भिड देखिएको थियो । साँझ ६ बजेर २० मिनेटसम्म बहस भए पनि सुनुवाइ नसकेपछि हेर्दाहेर्दैमा राखिएको थियो । फैसला नआएपछि निराश बनेकाहरूले अदालतबाहिर नै नाराबाजी गरेका थिए ।
सो घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले बुधबार अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा गरेको छ । सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरेको छ भने भिडभाड गर्न रोक लगाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले मुद्दाको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरिएको जानकारी दिए ।
_O7qZFOU45a.jpg)
अदालतले बुधबार चिया समय अघिसम्म बहस सकेर फैसला सुनाउनका लागि कानुन व्यवसायीलाई अनुरोध गरेको छ । आज जाहेरवालाका बाँकी कानुन व्यवसायी र सन्दीप पक्षका कानुन व्यवसायीले जवाफ दिएपछि अदालतले फैसला सुनाउने छ ।
_e73lGjYOOj.jpg)
अदालतले आज केही संक्षिप्त आदेश सुनाउने र पूर्णपाठ पछि मात्र सार्वजनिक गर्ने सम्भावना छ । उच्चले यो विवादलाई सफाइ दिने, जिल्लाकै फैसलालाई सदर गर्ने वा सबै उल्टाएर नाबालिग ठहर गरी १० देखि १२ वर्ष कैदको सजाय सुनाउने मध्ये एउटा विकल्प लिन सक्नेछ ।
_z1vhmJwBgG.jpg)
_R5kiB8OBv3.jpg)
_AI2H9h9R5A.jpg)
_iMPPX2q9D9.jpg)
_BBYXRWBFwE.jpg)
_rbABqv1lp0.jpg)
_zDF4kS35Om.jpg)
_91zkN61aQn.jpg)
_d3n69gvtW7.jpg)
प्रतिक्रिया