सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
बुधबार, ०२ जेठ २०८१, १२ : ४४
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले सरकारको स्थायित्व खोज्न नेतृत्वले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताएका छन् । अनेरास्ववियुद्वारा आयोजित ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ विद्येयक कार्यक्रममा पौडेलले राजनीतिक अस्थिरताको कारण व्यवस्था नभई नेतृत्व भएको बताएका हुन् ।
‘पछिल्लो समय भएका राजनीतिक अस्थिरताका कारण अहिले व्यवस्थाको कारणले होइन । यो व्यवस्था सबै भन्दा उत्कृष्ट छ । तर, यसको ड्राइभ गर्ने नेतृत्वको स्वार्थका कारण अस्थिरता पैदा भएको छ,’ उनी भन्छन् ।
कहिले गठबन्धन बन्ने र फुट्ने विषय कुनै दार्शनिक चिन्तन मिलेर नभएको उनको भनाइ छ । ‘सबै दलका मुख्य नेतृत्वको सत्ता मोहका कारण यस्तो भएको हो । जबसम्म नेतृत्वको केन्द्रीकृत व्यवहार परिवर्तन हुँदैन तबसम्म राजनीतिक स्थिरता आउँदैन,’ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण