राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा मापदण्डविपरित सञ्चालित ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको छ । केन्द्रले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधेराधे, ठुलोभप्याङ, चाबहिल र एकान्तकुनालाई गरेको परिपत्रमा मापदण्ड मिचेर चलाइएका सेन्टरलाई तत्काल मापदण्डमा ल्याउन भनेको हो ।
केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले सङ्घीय र प्रदेश सरकारले बनाएको निर्देशिका बमोजिम ट्रायल सेन्टर सञ्चालनको प्रबन्ध मिलाउन निर्देशन दिइएको जानकारी बुधवार रातोपाटीलाई दिए ।
उपत्यकाभित्रका ट्रायल सेन्टरहरूले मनोमानी शुल्क लिएको, मापदण्ड पालना नगरेको र धेरै परीक्षार्थी फेल भएको उजुरी परेपछि केन्द्रबाट गठित अनुगमन टोलीले स्थलगत अनुगमनका क्रममा सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरेको पाएको हो ।
ट्रायल सेन्टरहरूमा तोकिएको लेआउटको क्रम नमिलेको, स्पिड बेक्रर टेस्टमा मेडल प्लेट राखेर स्लाप लामो बनाएको वा निर्देशिकामा तोकिएबमोजिम नभएको अनुगमनका क्रममा पाइएको केन्द्रले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (६) बमोजिम निर्देशन दिँदै केन्द्रले तोकिएको मापदण्ड कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्न÷गराउन कार्यालयहरूलाई परिपत्र गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण