राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा मापदण्डविपरित सञ्चालित ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको छ । केन्द्रले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधेराधे, ठुलोभप्याङ, चाबहिल र एकान्तकुनालाई गरेको परिपत्रमा मापदण्ड मिचेर चलाइएका सेन्टरलाई तत्काल मापदण्डमा ल्याउन भनेको हो ।
केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले सङ्घीय र प्रदेश सरकारले बनाएको निर्देशिका बमोजिम ट्रायल सेन्टर सञ्चालनको प्रबन्ध मिलाउन निर्देशन दिइएको जानकारी बुधवार रातोपाटीलाई दिए ।
उपत्यकाभित्रका ट्रायल सेन्टरहरूले मनोमानी शुल्क लिएको, मापदण्ड पालना नगरेको र धेरै परीक्षार्थी फेल भएको उजुरी परेपछि केन्द्रबाट गठित अनुगमन टोलीले स्थलगत अनुगमनका क्रममा सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरेको पाएको हो ।
ट्रायल सेन्टरहरूमा तोकिएको लेआउटको क्रम नमिलेको, स्पिड बेक्रर टेस्टमा मेडल प्लेट राखेर स्लाप लामो बनाएको वा निर्देशिकामा तोकिएबमोजिम नभएको अनुगमनका क्रममा पाइएको केन्द्रले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (६) बमोजिम निर्देशन दिँदै केन्द्रले तोकिएको मापदण्ड कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्न÷गराउन कार्यालयहरूलाई परिपत्र गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिजकाे उपाधि, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख