सगरमाथामा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौंमा
बुधबार, १९ जेठ २०७८, १६ : ३७
सगरमाथा आरोहण गरी फर्किने क्रममा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौं ल्याइएको छ । स्वीस नागरिक अब्दुल वारिचोको शव काठमाडौं ल्याइएको हो । उनको शव सगरमाथाको क्याम्प २ सम्म ल्याएर त्यसपश्चात लुक्लासम्म ल्याइएको थियो । लुक्लाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।
सगरमाथा आरोहण गरी फर्किने क्रममा ८ हजार मिटर माथि क्याम्पमा वारिचोको ज्यान गएको थियो । आरोहण गरेर फर्किने क्रममा उनीसँगै १० जना शेर्पाहरु रहेका थिए । पोस्टमार्टममार्फत उनको शव दूतावासमार्फत परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण