सानिमा बैंकको प्राथमिक काउन्टर अब ललितपुरको कुमारीपाटी
आइतबार, ०५ मङ्सिर २०७८, १७ : ०५
सानिमा बैंकले अर्को प्राथमिक काउन्टर ललितपुरको कुमारीपाटीमा पनि सञ्चालनमा ल्याएको छ । यसअघि नागपोखरी, नक्सालमा मात्र रहेको केन्द्रीय कार्यलयलाई थप विस्तार गर्दै बैंकले कुमारीपाटीमा समेत विस्तार गरेको हो ।
बैंकले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उक्त स्थानमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । कुमारीपाटीमा आफ्नो प्राथमिकता ग्राहकहरुलाई झन्झट मुक्त र विशेष सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
विशेष प्राथमिकता लाउन्ज बैंकिङ आवश्यकताहरू पूरा गर्न पनि सो स्थानमा बैंकिङ काउन्टर स्थापना गरिएको बैंकले जनाएको छ । प्राथमिकता काउण्टरको उद्घाटन बैंकका मुख्य निक्षेप अधिकृत सरोज गुरागाईंले गरेका छन् ।
हाल सानिमा बैंकले देशैभरी ११७ कार्यालय तथा शाखा सञ्जाल र ९७ वटा एटिएम नेटवर्कबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
-
व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल
-
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
-
कार्यदल सदस्य र सभामुखबिच बानेश्वरमा छलफल
-
‘दुवै पक्षको अडान कायम छ, बिचको बाटो खोज्दैछौँ’
-
पूर्वराजा ललितपुर पुग्दा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने तयारी