कार्यदल सदस्य र सभामुखबिच बानेश्वरमा छलफल
काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश तय गर्न सत्तापक्ष र प्रतिपक्ष दलका तर्फबाट बनेको कार्यदलका सदस्यहरू र सभामुख देवराज घिमिरेबिच संसद् भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ ।
संसद् कसरी सुचारु गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
कार्यदलका नेपाली कांग्रेसका सांसद जीवन परिवार, एमाले प्रमुख सचेतक महेश बर्तौला, रास्वपा सांसद शिशिर खनालसँग सभामुखले कुराकानी गरिरहेका हुन् ।
आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे र त्यसपछि साढे ४ बजेका लागि सारिएको थियो । तर ५ बजेसम्म पनि संसद् बैठक बस्ने निश्चित भएको छैन ।
सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउँदा कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न दबाब दिइरहेको छ भने सत्तापक्षले सो विषय इन्कार गर्दै समग्र समस्याग्रस्त सहकारीको बारेमा छलफल गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण