शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओलीलाई जिम्मेवारी दिने निर्णय मान्दिन : भीम रावल

शनिबार, ११ मङ्सिर २०७८, २१ : २९
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । 

उनले आफू अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने समेत बताए । बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

अर्का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा मृत्युको आँसु बेचेको प्रतिक्रिया दिएका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र आइतबार बिहान १० बजे पुनः सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप