लुम्बिनी अपडेट : १०८६ मत गन्दा पुनको अग्रता कायमै, शाहले कति मत पाए ?
आइतबार, १९ मङ्सिर २०७८, २३ : ४७
नेपाली काँग्रेस लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै छ । राती साढे ११ बजेसम्म १ हजार ८६ मत गणना हुँदा पुनले ९२ मतले अग्रता लिएका छन्। उनले शुरुदेखि अग्रता लिँदै आएका छन् ।
सभापति पदका उम्मेदवार पुनले ५४९ मत र देउवा समूहका उम्मेदवार भरतकुमार शाहले ४५७ मत प्राप्त गरेका छन्। पदाधिकारी तथा सदस्य सबै पदमा पुन प्यानलकै उम्मेदवारले अग्रता लिएका छन् ।
यहि रफ्तारमा गणना हुने र अन्य समस्या नआए सोमबार बिहान ८–९ बजे सम्ममा परिणाम आउनसक्ने प्रमुख निर्वाचन अधिकृत डा.बुद्धबहादुर थापाले जानकारी दिए ।
लुम्बिनीमा पौडेल पक्षका ९ जिल्ला सभापति र देउवा पक्षका २ जिल्ला सभापति यसअघि नै जित हासिल गरिसकेका छन् भने बाँके जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि